उपचारपछि घर फर्केकी गर्भवतीको मृत्यु, कालोबजारी गर्ने ११ जना पक्राउ

चैत्र १४, काठमाडौं । पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा गएकी भिमाद नगरपालिका–९ की ३४वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ । 

बिहीबार साँझ अस्पताल पुग्नुभएका आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि पोखरा लैजादै गर्दा बाटामा नै मृत्यु भएको हो ।  

अस्पतालको चरम लापरवाही भएका कारण महिलाको ज्यान गएको भिमाद नगरपालिका ९ का वडाध्यक्ष इमानबहादुर थापाले आरोप लगाए ।  महिला नाताले वडाध्यक्ष थापाकी भाइ–बुहारी हुन् । 

त्यस्तै धनुषा प्रहरीले लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जना पक्राउ गरेको छ । 

बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनीहरूले प्रतिकिलो रु ४५ मा पाइने आलु प्याज रु ८० मा, प्रति रु एक हजार ३५० मा पाइने खाना पकाउने ग्यास रु एक हजार ७०० मा र रु ५० को रिचार्ज कार्ड रु ६० मा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *