काठमाडौंमा वर्षियो मुसलधारे पानी

वैशाख ५, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शुक्रबार) राति मुसलधारे पानी परेको छ ।  

नेपालमा हाल स्थानीय तथा पश्विमी वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भइरहेको छ । काठमाडौं पनि विगत केही दिनयता मौसम खासै सफा छैन । दिउँसो नै बादल लागेको अवस्थामा राति ८ बजेदेखि मुसलधारे वर्षा भएको हो । पानी अझैसम्म पनि राेकिएकाे छैन ।  

हिजोमात्रै पनि काठमाडौंसहित काभ्रे जिल्लाका विभिन्न स्थानमा असिनापानी परेको थियो । पछिल्लो केहीदिन यता देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका केही स्थानहरुमा पनि हावाहुरीसहित वर्षा भइरहेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको अनुमान गरेको थियो ।  

कस्तो रहला शनिबार र आइतबारको मौसम ?   

बैशाख ६ गते (शनिबार) 

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। 

रातीः  देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिम  भू-भागमा आंशिक बदली रहनेछ। देशको पूर्वी भू(भागका थोरै स्थान र मध्य तथा पश्चिमी भू(भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

बैशाख ७ गते (आइतबार) 

दिउँसोः  पहाडी भू–भागमा आंशिक देखि सामान्य  बदली  रही तराईका भू(भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली  रही तराईका भू-भागमा आंशिक बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *