…….जन्माएँ ‘लिभ–इन रिलेशनशिप’ को बच्चा
जब माया बस्यो, मलाई उसकाे जात, धर्म र जातले मलाइ केही फरक परेन । तर अब हाम्रो लिभ इन रिलेशनशिप टुटेको एक महिना भएको थियो, अनि म उसको बच्चाको आमा बन्नेवाली थिएँ ।
मेरा सबै साथीहरुलाई लागिरहेको थियो कि म पागल भइसकेँ किनकी, २१ वर्षकी कुमारी केटी यस्तो बच्चा गर्भमा राख्न चाहन्छे ।
मलाई पनि यस्तै लागिरहेको थियो कि म पागल बनुँ । मन यस्तो घबराइरहेको थियो कि अब नराम्रो हुनेवाला छ । तर जे नराम्रो हुनु थियो त्यो त भइसकेको थियो ।
null
म १९ वर्षकी थिएँ, जब मुस्तफा सँग भेट भयाे। उत्तर–पूर्वको आफ्नो छोटो शहलाई छोडेर मैँले देशको दोस्रो शिरमा एक ठूलो शहरमा कल सेन्टरमा काम शुरु गरेकी थिएँ ।
मुस्ताफा अफ्रिकी मुलुकको थियो । ऊ ‘अग्लो, गाढा र सुन्दर’ वाला क्याटेगोरीमा फिट थियो । मेरो जवान हृदय ऊ तिरै फैलिरहेको थियो । एक–डेढ वर्षको दोस्तीपश्चात् हामीले सँगै बस्न सुरु गर्यौँ ।
म क्रिश्चियन हुँ, ऊ मुसलमान । हामीबीच प्रेम थियो तर विवाहको बारेमा सोच्ने हिम्मत दुबैमा थिएन ।
हामी सपनाको त्यो दूनियाँमा बाँचीरहेका थियौँ, जहाँ अगाडीको जिन्दगीको बारेमा सोच्न पनि बेइमानी लाग्थ्यो । उसका कयौँ साथीहरु थिए, जो सधैँ हाम्रो घर आउने गर्थे । म पनि उनीहरुसँग खुलेर हाँस्ने बोल्ने गर्थेँ ।
थाहा छैन किन, मुस्तफाको मनमा शंकाले घेर्न लाग्यो । उसलाई लाग्थ्यो कि उसको साथीसँग मेरो अफयर चलिरहेको छ । यस कुरालाई लिएर हाम्रो झगडा हुन थाल्यो ।
विस्तारै विस्तारै यो यति कडा भयो कि हाम्रो दिनैपिच्छे झगडा हुन थाल्यो । अन्ततः हामीले ब्रेकअप गर्यौँ ।
म एकदमै दुः खी हुन लागेँ, घन्टौँ सम्म रुन्थेँ । यसको असर मेरो काममा पनि पर्न थाल्यो । मेरो जागिर पनि छुट्यो ।
मैँले निर्णय गरेँ कि घर फर्केर जान्छु । आफ्नो यो छोटो अपार्टमेन्ट र उसँग जोडिएका अनुभवसँग धेरै टाढा जान चाहन्थेँ । तर मेरो सारा योजना फेल भयो, जब त्यो महिनामा मेरो पीरियड रोकियो ।
नजिकैको एक मेडिकलबाट ‘प्रेग्नेन्सी टेस्टिङ्गग रिपाेर्ट’ लिएर आएँ तब मेरो डर सही साबित भयो । नतिजा सकारात्मक निस्कियो ।
मुस्ताफासँगको सम्बन्धपछि यो दोस्रो पटक थियो म प्रेग्नेन्ट भएको । पहिलो पटक उसैको दबावमा मैँले एबोर्सन गराएकि थिएँ । तर यो पटक…….।
मैँले मुस्तफालाइ फोन गरेर एक क्याफेमा बोलाएँ । आमने–सामने बसेर उसलाई बच्चाकाे बारेमा भने । ऊ उल्टै मलाई झपार्न लाग्यो, कि मैँले सावधानी किन अपनाइँन ।
उसले मलाई सयौँ कारणहरु देखाएर बच्चा फाल्नका लागि मनाउने कोशिश गर्यो । यो सम्म भन्यो कि, ‘म कसरी विश्वास गरौँ कि यो मेरो बच्चा हो !’
जब पहिलो बच्चा फालेको थिएँ, लागेको थियो कि मैँले कसैको हत्या गरेँ ।
फेरी आफ्नै बच्चाको हत्या गर्ने हिम्मत म मा थिएन । यस्तो होइन कि मलाई कुनै डर नै लागेको छैन, मेरो त आँशु नै रोकिएको थिएन ।
म विवाहित थिइनँ, न त मसँग कुनै राम्रो जागिर नै थियो । बच्चाको बाबु त उसलाई आफ्नो मान्न पनि तयार थिएन ।
तर मलाई यस्तो पनि लागिरहेको थियो कि भगवान शायद मलाई नयाँ जिन्दगी शुरु गर्नका लागि मौका दिइरहेका छन् ।
अहिलेसम्म म लापरवाहा जीवन बिताइरहेकी थिएँ, सबैलाई शंका थियो कि म बच्चालाई पाल्न सक्दिन ।
मलाई पनि थाहा थियो, मेरो बाटो त्यति सजिलो छैन तर अब मसँग जिम्मेवार हुन एक कारण थियो । मेरो नजन्मिएको बच्चाको माया उसलाई यो दूनियाँमा ल्याउन मलाई भनिरहेको थियो ।
मैँले डराउँदै डराउँदै आफ्नो परिवारलाई यसबारेमा बताएँ । उहाँहरुलाई मुस्तफाको बारेमा पहिले नै थाहा थियो तर मेरो प्रेग्नेन्सीको कुरा सुनेपछि उहाँहरु एकदमै रिसाउनु भयो ।
उनीहरु यो कुराले रिसाएका थिएनन् कि म विवाह पहिले नै आमा बन्दै छु । उनीहरुलाई यसमा रिस उठीरहेको थियो कि, त्यो बच्चा एक कालो, विदेशी र आफ्नो जात बाहिरको थियो ।
मैँले उहाँहरुलाई भरोसा दिलाएँ कि म सबै आफैँ सम्हाल्नेछु । उहाँहरुले पनि फेरी सहयोगका लागि सोध्नुभएन ।
यस्तो मुश्किल समयमा मेरी एक साथीले सहयोग गरिन् । उसैको स्कूटी चलाएर म मेडिकल चेकअपका लागि डाक्टरकहाँ जाने गर्दथेँ ।
आफ्नो खर्च चलाउनका लागि मैँले एक पसलमा सेल्स गर्लको काम शुरु गरेँ । यसैबीच मुस्तफाले मलाई मनाउने कोशिश जारी राख्यो, तर मैँले फैसला पक्की गरेकि थिएँ ।
डेलिभरी हुने दिन मेरी साथीले मलाई स्कूटीमा बसाएर हस्पिटल पुर्याइन् । एक घण्टापछि मेरो बच्चा अप्रेशन गरेर जन्मियो ।
जब मलाई होश आयो तब बच्चा मेरी साथीको काखमा थियो र डाक्टर मेरो अगाडी उभिएर हाँसिरहेका थिए । म एकदमै खुशी थिएँ । लागेको थियो कि सबै ठिक हुनेवाला छ ।
साँझमा मुस्तफा पनि हस्पिटल आयो । उसले बच्चालाई समायो र उसको एक साथीलाई फोन गरेर भन्यो कि ऊ छोराको बाबु बन्यो ।
मुस्तफालाई यति खुशी देखेर म हैरान भइरहेको थिएँ । तर ऊ अझै पनि आफ्नो परिवारलाई यसबारेमा बताउने हिम्मत जुटाउन सकिरहेको थिएन ।
उसले फेरी नयाँ सम्बन्ध शुरु गर्ने कुरा गर्यो । ऊ बच्चाको मुस्लिम नाम दिन चाहन्थ्यो । तर मैँले इन्कार गरेँ र आफ्नो बच्चाको क्रिश्चियन नाम दिएँ ।
मैँले मुस्तफालाई भरोसा गर्न सकिरहेकी थिइनँ । केही दिनपछि मेरी आमा र आफन्त पनि मेरो नजिक आए । अब एक्ली थिइनँ म ।
अर्को वर्ष मुस्तफा भारतबाट आफ्नो देश फर्केर गयो । त्यसपछि मेरो जिन्दगीमा कहिल्यै फर्केर आएन ।
अब म २९ वर्षकी भएँ र मेरो छोरा ६ वर्षको भयो । यो समय एकदमै मुश्किल थियो तर उसलाई हुर्काउँदा हुर्काउँदै म अझै निडर हुँदै गइरहेकी थिएँ ।
म दूनियाँसँग नहिच्किचाइ बताउँछु कि मेरो विवाह भएको छैन र मेरो एउटा छोरा छ । उसलाई पनि भन्छु कि कसैले उसको बाबुको नाम सोधे भने मुस्तफा बताउनु ।
मलाई आफ्नो फैसलामा कुनै पछुतो छैन । म खुशी छु । मेरो छोरा अब मेरी आमाको घरमा बस्छ, किनकी म यहाँ आफ्नो करिअर बनाउँदै छु ।
अब पार्टी र इभेन्टमा गीत गाउँछु । पैसा जमाएर आफ्नो छोराको भविष्य सुरक्षित बनाउने कोशिस गरिरहेकी छु । ऊ एकदमै प्यारो बच्चा छ ।
मुस्तफासँग मेरो सम्बन्ध सदाका लागि सकिएतापनि यो सदा खास रहने छ । यो सम्बन्धमा मैँले जिउन सिकेकी छु ।
म सबै भुलेर अघि बढ्ने कोशिस गरिरहेकी छु । म फेरी प्रेम गर्न चाहन्छु । विवाह पनि । तर हतारमा होइन । भाग्यमा भए यो इच्छा पनि पूरा हुनेछ ।
बीबीसी हिन्दीबाट अनुवादित