उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमै कुटाकुट

 

जेठ १, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री र कर्मचारीबीच हात हालाहाल भएको छ । 

मन्त्री मातृका यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच हात हालाहाल भएको हो । 

null

मन्त्रालयका सहसचिव शोभाकर रेग्मीले सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए । तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो। घुस लिएर खड्कालाई विभागमा पठाइएको भन्दै युनियनका उपाध्यक्ष अधिकारीको समूह र मन्त्रीबीच कुटाकुट भएको हो । 

मन्त्रीको सचिवालयका स्वकीय सचिव प्रेम आचार्यको कार्यकक्षमा सुरुमा भनाभन भएको र पछि कुटाकुट भएको हो । 

मन्त्रीको कार्यकक्षबाहिर निजी सचिवसँग कमर्चारीको वादविवाद भइरहेका बेला त्यसलाई रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएको स्रोतको भनाइ छ । 

मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ । कांग्रेस निकट कर्मचारी युनियनले भने मन्त्रीले आफ्ना नेतामाथि हातपात गरेको आरोप लगाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *