टाइगर श्राफ र दिशा पटानीको किन भयाे ब्रेकअप ?
मकालु खबर
२०७६ असार १० गते
असार १०, काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफ र दिशा पटानीबीचको ३ वर्षको प्रेममा पूर्णबिराम लागेको छ ।
पछिल्लो समय निकै चर्चामा रहेको यो जोडी औपचारिक रुपममै सम्बन्ध टुंग्याउने निर्णयमा पुगेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
केही समय अघि विवाहको चर्चामा चुलिएको यो जोडीले अब प्रेमीको नभइ मित्रताको सम्बन्धमा रहने फैसला गरेको छ ।
null
केही समय लिभिङ टुगेदरमा रहेका उनीहरुको सम्बन्धलाई लिएर टाइगरका पिता ज्याकी श्राफ पनि सकारात्मक थिए । उनले दिशालाई स्विकारी सकेका थिए ।
पछिल्लो समय भने उनीहरुको सम्बनध अलि उतारचढावपूर्ण थियो । सोही कारण उनीहरु ब्रेकअपको निर्णयमा पुगेका हुन् ।
मकालु खबर
२०७६ असार १० गते
प्रतिक्रिया
सम्बन्धित