प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षीबीच भेटवार्ता

 

बैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा नेपाल र कम्बोडियाबीच व्यापार विस्तारको समझदारी भएको छ । 

प्रधानमन्त्री ओलीको कम्बोडियाको औपचारिक भ्रमणका क्रममा दुई देशबीच व्यापार विस्तार गर्ने समझदारी भएको हो । 

null

व्यापार सहमति पत्रमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले हस्ताक्षर गरे । 

त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि ९ बुँदे सहमति भएको छ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरे । 

त्यस्तै प्रम ओलीले आजै कम्बोडियाका समकक्षी हुन सेनसँग भेटवार्ता गरेका छन् । राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको हो । 

भेटमा दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लगायत विषयमा छलफल भएको थियो । 

प्रम ओली भियतनामको पाँच दिने भ्रमण सकेर हिजै मात्र कम्बोडिया प्रस्थान गरेका थिए । भियतनाम भ्रमणमा बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको उनले बताएका थिए । कूटनीतिक र आर्थिक हिसाबले पनि भियतनाम भ्रमण फलदायी भएको उनको दाबी छ । 

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सङ्घीय संसद् अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद् लगायत संलग्न छन्। 

प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *