भ्यालेनटाईन डे मा रिलिज हुने फिल्म ‘गली ब्वाई’ काे याे दृश्यमा लाग्यो सेन्सर बोर्ड

माघ १, मुम्बई ।  बलिउड फिल्म ‘गली ब्वाई’ मा रहेको अभिनेत्री आलिया भट्ट र रणवीर सिंहबीचको ‘किसिङ सिन’मा सेन्सर बोर्डले कैची लगाएको छ । 

गीत र ट्रेलर निकै हिट ट्रेलरमा समेत प्रयोग गरिएको सो सिनले टेलिभिजन लगायतका दर्शकलाई नकारात्मक असर पार्ने र १३ सेकेन्डको ‘किसिङ सिन’ ले युवामा भ्रम पैदा हुने भएकोले केही काँटछाँट गरिएको सीबीएफसीले जनाएको छ । 

 

null

साथै किसीङ सिनको ‘क्लोजअप’लाई हटाएर ‘वाइडर शट’ बनाइएको छ । फेब्रुअरी १४ मा रिलिज हुने यो फिल्म एक र्याप गायकको जिन्दगीमा आधारित रहेको छ । 

फिल्मको र्याप गीत अहिले निकै चर्चामा रहेको छ । चर्चित निर्देशक जोया अख्तरले निर्देशन गरेको यस फिल्ममा रनबीर सिंहले र्याप गायकको भूमिकामा रहेका छन् ।  

साथै फिल्ममा अन्य कैयौँ सिनमा सेन्सरले कैची चलाएको बताइएको छ । साथै फिल्ममा पार्टनर रुपमा रहेको रोयल स्टेगको नामसमेत हटाउन सेन्सरले निर्देशन दिएको छ । 

फिल्म प्रदर्शन अघि नै जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको छ भने फिल्ममा रनबीर आलियाका साथै निर्देशक जोया अख्तरको समेत निकै तारिफ गरिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *