प्रहरीलाई नै अभद्र ब्यवहार गरेको आरोपमा संघीय समाजवादी फोरमका श्री सुब्बा सहित ३ जना पक्राउ

असोज १८, काठमाडौं । धरान १५ बगरकोट स्थित रहेको भिन्टेज लाउञ्ज एण्ड बारमा गएराति साढे ११ बजेको समयमा होटलका कर्मचारी र प्रहरी माथि अभद्र व्यवहार गरेको आरोपमा संघिय समाजवादी धरानका युवा नेता श्री सुब्बा सहित अन्य चार जना पक्राउ परेका छन् ।   

शुक्रबार राती साँढे ११ बजे अबेर भईसक्दा पनि बारबाट निस्कन नमानेका सुब्बाले बारका बाउन्सर र सेक्युरिटी गार्ड लगायतलाई धम्क्याएको आरोपमा पक्राउ परेका हुन् । भने, उनले घटना स्थलमा पुगेका प्रहरी लाई समेत अभद्र व्यवहार गरेका थिए । उनले इलाका प्रहरी कार्यालयबाट गएका प्रहरीलाई नै बारमा खाएको पैसा तिर्न भन्दै अभर्द ब्यवहार गरेका थिए ।   

पक्राउ पर्नेमा सुब्बा सँगै धरान ८ का टाइसन लिम्बु, धरान १७ का मिलन राई र धरान २ का राकेश दर्नाल रहेका छन् । पक्राउ परेका चारैजनालाई अभद्र व्यवहारमा मुद्दा चलाईएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन ।   

न्यौपानेका अनुसार श्री प्रसाद सुब्बा धरानका ब्यापारी व्यवसायीलाई समेत धम्क्याउने, जवरजस्ती चन्दा माग्ने तथा उधारो खाएर नतिर्ने गरेकोले प्रहरीको नियमित निगरानीमा थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *