डीपीएल क्रिकेट: धनगढी र अत्तरिया तथा विराटनगर र रुपन्देही भिड्दै

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् । 

ड्रिम फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा धनगढी स्टार्सले सीवाईसी अत्तरियासँग प्रतिस्पर्धा गर्दैछ । बिहान ९ बजे सुरु हुने खेलमा दुवै टिम जित्ने लक्ष्यमा रहेका छन् । 

धनगढीले आफ्नो उद्घाटन खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेटको हार व्यहोरेको थियो । यो धनगढीको लागि दोस्रो खेल हो । यता, अत्तरियाको लागि भने यो पहिलो खेल हो ।  

null

त्यस्तै, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो एक बजे सुरु हुनेछ । 

विराटनगरको यो पहिलो खेल हो भने रुपन्देहीको यो दोस्रो खेल हो । पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्दै सुखद् सुरुवात गरेको थियो । आजको खेलमा पनि रुपन्देही जित हात पार्ने लक्ष्यमा छ । 

सर्वाधिक पुरस्कार राशिको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै, मोष्ट भेल्युवल प्लेयरले गोल्डस्टार ‘ प्राप्त गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *