नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता

फागुन ७, काठमाडौँ । नबिल बैंक लि. र भक्तपुर उद्योग वाणिज्य संघबीच एक सम्झौता भएको छ ।   

सोमबार उद्योग वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रबर्धन विषयक एक अन्तरकृया कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रर्वधन तथा बैकिड. सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको हो ।   

सो कार्यक्रममा संघका पदाधिकारी तथा ब्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैकका प्रमुख कार्यकारी अधिकृत श्री शाहले प्रत्युत्तर समेत दिएका थिए । 

यस सम्झौता संगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा श्री शाहले जानकारी गराए । 

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत  अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’ 

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष  प्रदिप श्रेष्ठले भने, ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउँदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *