नवलपरासीमा तीन मोटरसाईकल एकसाथ जुध्दा एकको मृत्यु

बैशाख ३०, नवलपरासी । सोमबार बिहान तीन मोटरसाइकल एक आपसमा जुध्दा पश्चिम नवलपरासीमा एक जनाका घटना स्थलमै मृत्यु भएको छ । 

 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं. १२ कसिया (शान्तिचौर) मा  दुर्घटना हुँदा पूर्वी नवलपरासीको कावासोती ३ बस्ने वर्ष २८ का डम्बर बहादु गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएका छन् । 

null

ना २९ प ५६४७ नम्बरको उनको पल्सर मोटरसाईकललाई ना ३२ प ९०१३ नम्बरको सुजुकी मोटराईकल र लु ३५ प ३४०१ नम्बर प्लेटको स्कुटर ले ठक्कर दिंदा उक्त घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बर्दघाट नगरपालिका १० बस्ने ३२ प ९०१३ सुजुकी मोटरसाईकल चालक कासी यादवलाई पक्राउ गरिएको छ भने स्कुटी चालक फरार रहका छन् । उनले स्कुटी बिच बाटोमा नै राखी फरार भएपछी स्कुटी प्रहरीको नियन्त्रणमा राखिएको र पक्राउ परेका चालक माथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *