डीपीएलमा धनगढीको लगातार दोस्रो हार, अत्तरिया ५ रनले विजयी

माघ २९, काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सोमपाल कामीको कप्तानीमा रहेको धनगढी स्टार्सले लगातार दोस्रो हार व्यहोरेको छ । 

फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा सिवाईसी दिपेन्द्र सिह ऐरीको कप्तानीमा रहेको अत्तरियासँग ५ रनले पराजित हुँदै धनगढीले दोस्रो हार व्यहोरेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो। 

अत्तरियाले दिएको ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढीले पुरै २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । 

null

धनगढीका लागि राजु रिजालले सर्वाधिक २६ रन बनाए । अन्तिम ओभरमा राजुले १ छक्का, १ चौका र २ रन जोडे । यस्तै धनगढीका लागि रोहन मुस्तफाले १८, सन्दीप रजालीले ११ र कप्तान सोमपालले १० रन जोडे । 

अत्तरियाका भुवन कार्कीले धारिलो बलिङ गर्दै धनगढीलाई धराशायी बनाएका थिए। भुवनले चार ओभर १० रनमात्रै खर्चेर ४ विकेट लिए । सन्नी पटेलले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९५ रन बनाएको थियो । 

अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे । यस्तै जयकिशन कोश्लावालाले २१ रन जोड्दा प्रेम तामाङले १२ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाएर आउट भए । 

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १–१ विकेट लिए । 

जितसँगै अत्तरियाले २ अंक जोडेको छ। अब अत्तरियाले दोस्रो खेलमा बिहिबार रुपन्देही च्यालेन्जर्ससँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *