अवैध सामान बरामद

पुस १, बिराटनगर, । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिवार १ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । 

ईलाका प्रहरी काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो हरियो मटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको हार्डवेयरका सामान, लत्ताकपडा बरामद गरेको छ । 

बरामद सामानहरु आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *