फ्री वाईफाईको उपयोग यसरी गर्नुहोस्

काठमाडौं, साउन १६ । आजकल धेरै ठाउँमा फ्री वाईफाई उपलब्ध हुन थालेको छ । फ्रीमा पाइएको चीजको फाइदा सबैले उठाउन चाहन्छ नै । तर पब्लिक वाईफाई सुरक्षित नै हुन्छ भने छैन ।

तैपनि पब्लिक फ्री वाईफाई चलाउन पाउँदा स्मार्टफोनको सेफ्टी फीचर्सहरू अपडेट गर्नुस् । ह्याकरहरूबाट फोनलाई सुरक्षित राख्नका लागि अपडेट गर्नु जरूरी हुन्छ ।

पब्लिक वाईफाई प्रयोग गर्नुअघि फोनमा एन्टीभाइरस वा सेक्युरिटी सफ्टवेयर इन्स्टल गर्नुस् । यसबाट एक एक्स्ट्रा सेक्युरिटी लेयर जोडिन्छ ।

तपाईंले प्रयोग गर्नुभएको पब्लिक वाईफाईमा नेट स्लो छ भने केही गडबड छ । यसलाई प्रयोग नगरेकै बेश । नेटवर्कलाई कसैले ह्याक गर्न खोजिरहेको छ भनी बुझ्नुस् ।

पब्लिक वाईफाईबाट अनलाइन बैंकिङ वा शपिङ सुरक्षित हुँदैन । ह्याकहरूले अनेकौं टूल प्रयोग गरेर तपाईंका डिटेल चोरिदिन्छन् ।

पब्लिक वाईफाईमा आफ्नो फोनलाई लगातार कनेक्सनमा राख्नुभन्दा राम्रो त काम सकिएपछि वाईफाई बन्द गरिदिनुपर्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *