द भ्वाइस् अफ नेपालको फिनाले तयारी पुरा, भोली ग्राण्ड फिनाले
दोहा कतार । द भ्वाइस् अफ नेपालको फिनाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । डिसेन्बर १४ तारिक अर्थात भोली हुने ग्राण्ड फिनालेको तयारी पुरा भएको हो । दोहा स्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक प्रविन गुरुङले बताए ।
कार्यक्रममा नेपालबाट आउने कलाकार लगाएत सम्पुर्ण अतिथीहरुको बासस्थान देखि कार्यक्रम अवधीसम्मको सम्पुर्ण ब्यवस्था पुरा भएको समेत गुरुङले जानकारी दिए ।
null
त्यसैगरी कार्यक्रम स्थलको सुरक्षा देखि टिकट काउण्टर सम्मको ब्यवस्थापन सकिएको उनले बताए । आयोजक गुरुङका अनुसार कार्यक्रम हुने दिनमा १ सय ६० जना कतारी प्रहरी सुरक्षार्थ खटिने छन् । त्यस्तैगरी कार्यक्रम सुरक्षाका लागि ३ सय सुरक्षागार्डको ब्यवस्था गरिएको छ ।
त्यसैगरी कार्यक्रमलाई ब्यवस्थित गर्न कार्यक्रम हुने भन्दा एक सय मिटर आसपासमा पनि सुरक्षा ब्यवस्था मिलाइएको छ । कार्यक्रममा आउने भीभीआईपीहरुका लागी पार्किङको ब्यवस्था गरिएको बताइएको छ ।
फिनालेकै दिनमा टिकट काटेर कार्यक्रम स्थलमा जानेहरु धेरै हुनसक्ने भन्दै सो दिन कार्यक्रम स्थल क्षेत्रमा १ दर्जन टिकट काउण्टरको ब्यवस्था गरिने गरिएको छ ।
आयोजकले कार्यक्रममा आउनेहरुलाई नेपाली खानेकुराको परिकार सहित ठाँउ ठाँउमा फुट स्टल समेतको ब्यवस्था गरेको जनाएको छ । कार्यक्रम हुने हलमै गोरखाली रेष्टुरेण्टले नेपाली परिकार पाउने गरी स्टल राखेको छ, भने बाँकीले राख्ने तयारी गरेको आयोजकले बताएका छन् ।
फेनालेमा ७९ देशका एनआरएन प्रतिनिधीको समेत उपस्थिति रहने बताइएको छ । ७९ देशका एनआरएनए प्रतिनिधीलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक गुरुङले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा नेपालबाट धुर्मुस सुन्तली पनि आउने छन् ।
बिगतका कमीकमजोरीलाई केलाएर कार्यक्रमको सम्पुर्ण तयारी गरिएको भन्दै यस पटकको कार्यक्रम भब्य हुने आयोजकले बताएका छन् । ‘हामीले बिगतको कार्यक्रमबाट पाठ सिकेका छौं, के गर्दा राम्रो हुन्छ भन्नेबारेमा सम्पुण जानकारी छ, त्यही अनुसार कार्यक्रमको तयारी गरेका छौं ।’ आयोजक गुरुङले भने–‘कार्यक्रममा मुख्य कुरा सुरक्षाको हो, हामीले पहिला भन्दा यो पटक सुरक्षामा दोब्बर खटाउने छौं, अनि कार्यक्रम हुने हल बाहिर पनि सुरक्षा गार्ड परिचालन गर्ने छौं ।’