कोरोना असर : सतुंगलबाट ठूलो परिमाणमा मास्क बरामद

  

चैत ३, काठमाडौँ । काठमाडौंको चन्द्रागिरि १० बिष्णुदेवी करिब ८ लाख ४९ हजार ६ सय थान सर्जिकल मास्क बरामद भएको छ । महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी बृत्त थानकोट प्रभाग बलम्वुकाे संयुक्त प्रहरी टाेलीले एक गोदाममा राखिएका मास्क  बरामद गरेको हो । 

यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४९ हजार ६ सय थान मास्क प्रहरीले बरामद गरिसकेको छ । 

आइतबार साँझ विष्णुदेवी १० मा रहेको  रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासन र प्रहरीले शिलबन्दी गरेको थियो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ८ लाख ४९ हजार पिस माक्स बरामद गरिएको बताए । 

यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् । 

डिएसपी श्रेष्ठका अनुसार  पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् । 

पक्राउ परेका विरूद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरि सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले  डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *