महन्थ ठाकुरको चेतावनीः मधेशलाई अलग देश बनाउन सक्छौँ
मकालु खबर
२०७६ असोज ३ गते
असोज ३, जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) का पूर्व संयोजक महन्थ ठाकुरले मधेशलाई अलग देश बनाउने चेतावनी दिएका छन् ।
शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रममा राजपा नेता ठाकुरले सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘मधेशका अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएको छ । संविधान संशोधन नगरे मधेश अलग देश हुन सक्छ’, उनले भने ।
नेता ठाकुरले मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएको भन्दै अहिलेको संविधान आफ्नो नभएको दाबी गरे । संविधानले मधेशी, उत्पीडित, दलित, महिला, मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको उनको भनाइ छ ।
मकालु खबर
२०७६ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित