सेतीको खोँचमा खसेका आकाशको उद्धार

माघ २७, पोखरा । पोखरास्थित सेती नदीको खोँचमा खसेका एक युवकको प्रहरीले उद्धार गरेको छ । सोमबार बिहान सेती नदीको खोँचमा खसेका २३ वर्षीय आकाश गुरुङको प्रहरीले सकुशल उद्धार गरेको हो । । 

पोखरा महानगरपालिका ९ पार्वती टोलस्थित ससेती नदीको खोँचमा आफ्नो कुरक खसेपछि बचाउँन गएका म्याग्दीका गुरुङ आफैँ खोँचमा खसेका थिए । घटनाबारे जानकारी पाउनासाथ उद्धारमा खटिएको सुरक्षा निकायको टोलीले उनको सकुशल उद्धार गरेको हो । 

स्थानीयबासीले घटनाबारे प्रहरीलाई जानकारी दिएपछि तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोली उद्धारका लागि खटिएको थियो । 

उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *