कामना सेवा बैंकको डिजिटल वालेटसँग कारोबार
मकालु खबर
२०७६ असार ५ गते
असार ४, काठमाडाैँ । कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।
बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।
null
खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, Mobile top up गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंक जनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
मकालु खबर
२०७६ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित