निःशुल्क उच्च रक्तचाप र मधुमेह स्वास्थ्य शिविर सम्पन्न

जेठ ५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी च्याप्टरले बिश्व उच्च रक्तचाप दिवस र मे मेजरमेन्ट मन्थ २०१९ को अवसरमा धरानमा निःशुल्क उच्च रक्तचाप र मधुमेह स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

च्याप्टरले ११ मङ्लबारेमा निः शुल्क शिविर सञ्चालन गरेको हो । 

 

null

स्वास्थ्य शिविरमा सो क्षेत्रका ११६ जनाको निःशुल्क रक्तचाप परिक्षण गरेको थियो । परिक्षणमा ३० जनाको ब्लड सुगर परीक्षण गरिएको थियो । भने, निःशुल्क परामर्श पनि दिइएको थियो । स्वास्थ्य शिविरमा २३ जनामा उच्च रक्तचाप रहेको पाइएको थियो, जसमा ८ जनालाई पहिले उच्चरक्तचाप पत्ता नलागेको भेटिएको संस्थाका कार्यक्रम आयोजक सुशील ढकालले बताए । 

त्यसैगरी रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परीक्षणका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वस्थ जिवनशैलीका बारेमा परामर्श पनि दिइएको थियो । 

उक्त शिविरमा मधुमेह र उच्च रक्तचापसम्बन्धी जानकारी लेखिएका सामग्रीहरू पनि बितरण गरिएको थियो । उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले, आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न सकिने सचेतना दिइएको थियो । 

बढ्दो उमेर वा मोटोपनले, विशेषगरी खानपिनमा ध्यान नदिने र शारीरिक व्यायामको कमीले बयस्क उमेरदेखि नै चिनी रोगले सताउने आयोजक संस्था कि उपाध्यक्ष नर्स सबिना के.सि ले बताइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *