लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली

 

जेठ २९, पोखरा । पोखराको उत्तमचोकमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । 

प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरी अपराधीलाई नियन्त्रणमा लिएको हो । लागुऔषध बोकेर हिँडेको सूचनाका आधारमा प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा अनुसन्धानका लागि टोली खटिएको थियो । 

null

 

प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । खुट्टामा गोली लागेको उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । 

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *