कोरोनाबारे अफवाह फैलाउने क्रिश्चियन धर्म गुरु पक्राउ

चैत १०, पोखरा। कोरोना भाइरसबारे भ्रम फैलाउने एक जना पास्टर पक्राउ परेका छन्। कास्की प्रहरीले जुम्ला घर भइ हाल पोखरामा बस्दै आएका पास्टर केशवराज आचार्यलाई पक्राउ गरेको हो।   

आचार्यले यशुका अनुयायी बने कोरोना भाइरसले नछुने भ्रामक प्रवचन दिने गरेका थिए। उनले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए। अहिले कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका हुन्। उनी प्रशस्त कटनी मण्डलीका पास्टर हुन्। 

विश्वव्यापी रुपमा कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका उनलाई अफवाह फैलाएको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ। आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए। धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ। 

उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ। केही दिनअघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले नछुने अफवाह फैलाउने प्रवचन दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *