आजको मौसम : मेघ गर्जनसहित पानी पर्ने सम्भावना

फागुन ९, काठमाडौं । बिहानैदेखि देशभर समान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।  

महाशाखाले विज्ञप्तिमा चट्याङ पर्ने सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने छ भने उपत्यकामा दिउँसोपख वर्षा हुने सम्भावना छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको हो ।   

null

यस्तो छ शनिबार र आइतबारको मौसम पूर्वानुमान     

फागुन १० गते शनिबार 

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । 

रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ । 

फागुन ११ गते आईतबार 

दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । 

रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *