करेन्ट लागेर बालकको मृत्यु, हावाहुरीले दुई घाइते

असार ४, सर्लाही । मंगलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन्। मंगलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलंगवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा त्यसमा परेर ३० वर्षीय नन्द पासमान घाइते भएका हुन्। घाइते पासमानको छाती, पाखुरा, दाहिने हातमा गम्भीर चोट लागेको छ । 

त्यस्तै मलंगवा–१२ गम्हरीयामा जस्तापाताले छाएको कुखुरा फार्मको छानो हावाहुरीले उडाउँदा त्यसमा काम गर्ने एक कामदार घाइते भएका छन्। घाइते हुनेमा महोत्तरी जिल्ला परौल–६ बर्दिया घर घई हाल मलंगवा–१२ गम्हरीया कुखुरा फार्ममा काम गर्दै आएका ५७ वर्षीय लखन मण्डल रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए । जस्तापाताले उनको कम्मर र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । 

null

अहिले दुवै घाइतेकोे उपचार सर्लाही जिल्ला अस्पताल मलंगवामा भइरहेको छ । अत्यधिक तेजगतिको हावाहुरीले बालीनालीमा समेत क्षति गरेको किसानले जनाएका छन्। हावाहुरीले तरकारीबाली र आँपलाई बढी क्षति पुर्याएकाे चक्रघटना गाउँपालिका सगरदिनाका किसान बजै कुशवाहाले जानकारी दिए । 

यसैबीच करेन्ट लागेर सर्लाहीको रामनगर गाउँपालिकामा एक बालकको ज्यान गएको छ । रामनगर गाउँपालिका–१ डमार बस्ने रामसाह रामको पाँच वर्षीय छोरा रवि रामको करेन्ट लागेर ज्यान गएको हो । टेबुलमाथि राखिएको पङ्खाको प्लग जोड्ने क्रममा बालकलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *