देश कोरोनामुक्त नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा

वैशाख १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश कोरोनामुक्त नभएसम्म तलब नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ सालको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले देशमा कोरोनाको संकट नसकिदांसम्म आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । 

ओलीले मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक कोभिड-१९ प्रधानमन्त्री राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।   

‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु,’  प्रधानमन्त्री ओलीले घोषणा गर्दै भनेका छन् । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यहाँ हेर्नुहोस् :- http://www.makalukhabar.com/news/277732 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *