विप्लव समूहका पोलिटब्यूरो सदस्य बमको रिट खारेज

 

जेठ १०, नेपालगञ्ज । विप्लव समूहका पोलिटब्यूरो सदस्य भरत बमको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ । 

बाँकेको गनापुरबाट पक्राउ परेका बमको सर्वोच्च अदालतले रिट खारेज गरेपछी उनलाइ पुनः बाँके पठाईएको छ । सर्वोच्चमा रिट परेपछि उनलाई प्रहरीले काठमाडौं ल्याएका थिए । 

null

इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले बताए अनुसार बैशाख २५ गते चन्दा माग्न गनापुरमा पुगेका बमले चन्दा नदिएपछी बम विष्फोटन गर्ने धम्की दिएपछी उनलाई पक्राउ गरिएको हो । 

उनलाई पक्राउ गरेपछी बमका आफन्तल सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *