सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्योः बालकृष्ण खाँड

 

असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णबाट सरकार पछि हटेर घुँडा टेकेको आरोप लगाएका छन् । 

आइतबारको संसद बैठकमा नेता खाँडले विषादी परीक्षणबाट पछि हटेर सरकारले घुँडा टेकेको आरोप लगाएका हुन् । 

null

प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘सरकारले घुँडा टेकेको छ, सरकारले लम्परासवादी नीति लिएको छ । यसले आम नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको छ । पहिले किन रोक्नुभयो । पछि किन घुँडा टेकेर खोल्नुभयो ?’ 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । 

तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट पछि हटेको थियो । भारतसामु झुकेर जनतालाई विष खुवाएको भन्दै अहिले यसको सर्वत्र विरोध हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *