उच्च शिक्षाका लागि किन र कसरी विदेश जाने ? (बहस)

‘कलेजले ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति दिएको छ

प्रकाश पाण्डे, नेपाल प्रतिनिधी, क्विन्सफोर्ड एजुकेशन

विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरुमा अध्ययनका लागि जाने गरेका छन् । Abroad Study का लागि मुख्यतः बेलायत, अष्ट्रेलिया र अमेरिकामा नै पहिलो गन्तव्य बनेको छ । त्यसपछि विद्यार्थीहरु क्यानडा, न्यूजलेण्ड, जापान, भारत जस्ता देशमा जाने गर्दछन् ।

पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलियाका जाने विद्यार्थीहरुको संख्या झन् बढिरहेको छ । कक्षा १२ उत्तिर्ण गरेपछि ब्याचलर र माष्टर्स तह अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको संख्या बढ्दो छ । मुख्य हामीले अष्ट्रेलिया नै विद्यार्थीहरुलाई अध्ययन लागि पठाउने गरेका छौँ । अष्ट्रेलिया बाहेक केहि विकसित देशमा विद्यार्थीको रुचि छ । मुख्य रुपमा उच्च शिक्षासँगै करियर सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थीहरु Abroad Study  मा जाने हुन् ।

क्विन्सफोर्ड कलेज एउटा बहुमुखी क्याम्पस हो । ब्यावसायिक, डिप्लोमा र एड्भान्स कोर्स अध्ययन गर्नका लागि विद्यार्थीहरु क्विन्सफोर्ड कलेजमा जाने गरेका छन् । यो कलेजमा आर्थिक अवस्था धेरै नभएका विद्यार्थीहरुले पनि पढ्न सक्नेछन् । नेपालमा करिअर नै बनाउन नसकेर विद्यार्थीहरु Abroad Study मा गएका हैनन् । नेपालमा पनि ठूला अवसरहरु छन् । तर, उचित शिक्षा नीति बन्न नसक्दा नेपाली विद्यार्थी विदेशिएका हुन् ।

क्विन्सफोर्ड कलेजले जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था गरेको छ । कलेजले विभिन्न शिर्षकमा ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । राम्रो अङक ल्याएका जेहेन्दार विद्यार्थीले अझ यो भन्दा बढी सेवा सुविधा पाएका छन् । जो विद्यार्थी Abroad Study मा जान चाहन्छ , त्यसले Abroad Study का विषयमा गम्भिर अध्ययन गर्नु आवश्यक छ । यसका लागि विज्ञहरुबाट सल्लाह सुझाव लिन आवश्यक छ । कुनै कन्सल्टेन्सीले भनेको कुरामा मात्र विस्वास गर्ने हैन की कन्सल्टेन्सीको इतिहास, आफु जान चाहेको देश, त्यहाँका शिक्षा निती जस्ता विषयमा जान्न आवश्यक छ ।

पोखरामा आजबाट शुरु भएको शैक्षिक मेलामा सहभागी भएर विद्यार्थीहरुले यस सम्बन्धी धेरै कुराहरु बुझ्नु हुनेछ । एक पटक भ्रमण गर्न आग्रह गर्दछु ।

अष्ट्रेलिया अध्ययनसँगै रोजगारीको अवसर

नारायण बजाज, निर्देशक, ग्लोबल रिच

नेपालमा एब्रोड स्टडीको सेवा दिने पहिलो कन्सल्टेन्सी ग्लोबल रिच हो । विगत एक दशकदेखि विद्यार्थीहरुलाई परामर्श दिइरहेका छौँ । हामीले मुख्यगरी अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीलाई काउन्सेलिङ गरिरहेका छौं । अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनसँगै रोजगारीको वातावरण राम्रो छ । यसकारण पनि विद्यार्थीहरु त्यसतर्फ अध्ययनका आकर्षित छन् । अष्ट्रेलियामा अध्ययन गरेको दुई वर्षको अवधिमा रोजगारीको अनुमति पाउँछन् ।

तर, अधिकांश विद्यार्थीहरु अष्ट्रेलिया पढ्न गएकाहरु पिआर पाएर उतै बस्ने गरेका पनि छन् । स्वदेशमै बसेर केहि गर्न सकिदैन भन्ने पनि होइन, तर यहाँ विविध कारणहरु छन् । जुन शब्दमै भन्न सकिने अवस्था छैन ।

हामीले विद्यार्थीहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेका छौँ । नेपालमा विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने प्रचलन शुरु भएको धेरै भएको छैन । जेहेन्दार र इमान्दार विद्यार्थीले मात्र त्यो अवसर पाउँछ । त्यहाँ अष्ट्रेलियन सरकारले विद्यार्थीहरुको अध्ययनका लागि आफ्नै खालको नीति बनाएको छ । विद्यार्थीहरुको भिसा प्रणालीमा पनि सहज नै छ । त्यसैले विद्यार्थीहरुले यसबारेमा समग्र जानकारी पोखरामा भोलिदेखि हुने मेगा मेलामा सहभागी भएर यसबारे थप कुराहरु बुझ्न सक्नुहुनेछ ।

विद्यार्थीले करियर निर्माणका विषयमा जानकारी पाउँछन् 

युवराज कार्की,काउन्सलर, ओली एण्ड एशोसिएट्स

शैक्षिक अवस्था खस्कदो र राजनीतिक अस्थिरताका कारण नेपाली विद्यार्थीहरु बाहिर अध्ययनका लागि जाने गरेका छन् । Abroad Study मा जाने विद्यार्थीको पहिलोे गन्तव्य अष्ट्रेलिया नै हो । अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षासँगै करियर निर्माणका धेरै अप्सन छन् । नेपालमा प्राविधिक विषय त्यत्ति राम्रो र प्रभावकारी नहुँदा बेरोजगारी बढेको छ । हामीले पनि प्राविधिक शिक्षालाई फोकस गरेमा स्वदेशमै पनि राम्रो शिक्षा हासिल गर्न सकिन्छ तर, त्यसका लागि समय भने लाग्छ ।

अष्ट्रेलिया नेपालजस्तै प्रजातान्त्रिक र गणतान्त्रिक देश हो । तर, त्यहाँको ऐन,कानुनहरु मजबुत छन् । जसले गर्दा विकासले गतिले फड्को मारेको देखिन्छ । प्लस टु र ब्याचलर गरेका विद्यार्थीले अष्ट्रेलियाका लागि तयारी गर्न सक्छन् । हामीले विगत लामो समयदेखि अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयका लागि काम गरिरहेका छौं ।

पोखरामा भइरहेको मेगा एजुकेशन फेयरबाट विद्यार्थीले करियर निर्माणका विषयमा सहि जानकारी पाउँछन् । यो फेयरमा Abroad Study मा जान चाहने विद्यार्थी र अभिभावकले प्रत्यक्ष सहभागीता जनाउन पर्दछ । सम्पूर्ण पोखरा बासीलाई फेयरमा सहभागीता जनाउन हार्दिक अनुरोध गर्दछु ।

डेनमार्कः अध्ययनसँगै अवसर पाइने देश

सञ्जिव अर्याल, निर्देशक, इम्पल्स इन्टरनेशनल इन्स्टिच्युट

इम्पल्सबाट विगत लामो समयदेखि अष्ट्रेलिया, अमेरिका, न्युजील्याण्ड, डेनमार्क लगायतका देशहरुमा विद्यार्थीहरु अध्ययन गर्न गइरहेका छन् । प्लस टु अध्ययन पश्चात् स्नातक र स्नातकोत्तर अध्ययनका लागि नेपाली विद्यार्थीहरु विदेश गएको अवस्थामा त्यहाँ उच्च शिक्षासँगै रोजगारी र करियर निर्माणका प्रसस्त माध्यम छन् ।

विद्यार्थीहरु अध्ययन र रोजगारीका लागि मात्र नभई त्यहाँको भाषा, संस्कृति रहनसहन, भेषभूषाहरुबारे थाहा पाउनका लागि पनि Abroad Study मा जान्छन् । हामीले पाँच बर्षदेखि डेनमार्कमा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाइरहेका छौँ ।
नेपालमा करिअर बनाउँन सकिन्न भन्ने होइन । यहाँपनि अनेक अवसर छन् । तर, त्यस्तो खालको वातावरण सिर्जना हुन अझै सकेको छैन ।
डेनमार्कमा विद्यार्थीहरुले अध्ययनसँगै पार्ट टाइम रोजगार र पछि पिआर पाउँछन् । अष्ट्रेलिया, अमेरिकामा पनि यो प्रणाली छँदैछ ।

विद्यार्थीहरुले अध्ययनपश्चात् स्वदेश फर्केर वित्तिय क्षेत्रमा रोजगार पाएका छन् । त्यस्तै, डेनमार्कमा अध्ययनसँगै वित्तिय क्षेत्रमा म्यानेजर भएर पनि काम गरिरहेका छन् । हामीले Abroad Study मा जाने विद्यार्थीको क्षमता जाँचेर त्यहिँ अनुकूलको छात्रवृत्तिको पनि व्यवस्था गरेका छौँ । Abroad Study मा जानका लागि भाषा जान्नु महत्वपूर्ण हो । ‘टु वे’ कम्युनिकेशन जरुर छ । आफु जुन देशमा जान चाहेको छ त्यो देशको भाषा सिकेर गएको अवस्थामा विद्यार्थीलाई कठिनाई हुँदैन ।

विद्यार्थीहरुले पोखरामा हुँदै गरेको मेगा फेयरमा सहभागीता जनाएर यसबारे थप बुझ्न सकिन्छ । अष्ट्रेलियाका एआइबीटी कलेजबाट प्रोफेसर माइकल आउँदै हुनुहुन्छ भने आइएचएन कलेजबाट पनि प्रोफेसर आउँदै हुनुहुन्छ । विद्यार्थीले उहाँहरुसँग समग्र विषयमा ‘फेस टु फेस’ छलफल गर्न सक्नुहुन्छ ।

थाइल्याण्ड पर्यटकीय देशसँगै शैक्षिक गन्तब्य पनि हो

किशोर परियार, प्रोफेसनल एजुकेशन

विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि थाइल्याण्ड निकै उपर्युक्त देश हो । थाइल्याण्ड पर्यटकीय क्षेत्र पनि हो । यहाँ अध्ययनसँगै रोजगारीको पनि राम्रो व्यवस्था भएकोले विद्यार्थीहरुको चासो बढ्दो छ । थाइल्याण्डको विकासको अवस्थाबारे बुझेर स्वदेशमै केहिँ गरौँ भन्ने मनसायका साथ अध्ययनका लागि त्यसतर्फ नेपाली विद्यार्थीहरु जाने गरेका छन् । हामीले भाषासम्बन्धिका कक्षा र परीक्षा लिएर मात्रै हैन त्यहाँ पुगेपछिका समस्याहरुबारे पनि विद्यार्थीलाई जानकारी गराउँछौँ ।

हामीले विद्यार्थीको स्तर छुट्ट्याएर ५० देखि १०० प्रतिशत सम्म छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले अध्ययनका लागि पहिलो रोजाइमा अष्ट्रेलिया नै पर्छ । ९० प्रतिशत विद्यार्थीहरु त्यहाँ जाने गरेका छन् । पहिलो कुरा त अध्ययनसँगै रोजगारी र पिआर भिसा पाउँने भएकाले विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि जाने गरेका छन् । हामीले विगत दुई दशक देखि अष्ट्रेलिया लगायतका देशका उतकृष्ठ कलेजका लागि काम गरिरहेका छौं । अष्ट्रेलियाको सरकारले विद्यार्थीहरुलाई अध्ययनका लागि उपर्युक्त वातावरण दिएको छ ।

विद्यार्थीहरुले यसबारेमा पोखरामा हुने मेगा फेयरमा सहभागीता जनाएर थप कुराहरु बुझ्न सकिन्छ । भर्खरै काठमाडौंमा पनि इक्यानद्वारा शैक्षिक मेला सम्पन्न गरिएको छ । त्यहाँ पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहेको थियो । त्यसैले यो मेलामा विद्यार्थीहरुले सहभागीता जनाएर आफूले अध्ययन गर्न जान चाहेको देशको बारेमा विज्ञहरुबाट जानकारी लिन सक्छन् । आफ्नो विषयगत क्षमतासँगै विषय छनौट, विश्वविद्यालय छनौट र लागत तथा भिजा प्रक्रियाका विषयमा जानकारी लिनका लागि मेगा फेयरमा विद्यार्थी र अभिभावकको सक्रिय सहभागीता हुन जरुरी छ ।

अमेरिकामा नेपाली विद्यार्थीलाई समस्या छैन

गौरब सापकोटा, सहायक मेनेजर) कंगारु एजुकेशन

Abroad Study मा जाने विद्यार्थीको पहिलो रोजाई भनेको अमेरिका नै हो । यहाँ उच्च शिक्षासँगै करियर निर्माणका लागि उपर्युक्त वातावरण छ । हरेक वर्ष विश्वभरीबाट लाखौं विद्यार्थी अमेरिकामा उच्च शिक्षा अध्धयनकै लागि जाने गर्दछन् ।
अमेरिका संघीय राज्य हो । नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनपश्चात् नेपाली विद्यार्थीहरुलाई अध्ययनमा केहिँ समस्या भयो भनेर प्रचार भएपनि नेपाली विद्यार्थीलाई अमेरिकामा कुनै समस्या छैन ।
नेपाली विद्यार्थीहरु जो अमेरिका उच्च शिक्षाका लागि जान्छन् उनीहरुले कृषि, व्यवस्थापन, इन्जिनियरिङ र विज्ञान, आइटी जस्ता विषय अध्ययन गरेका पाएका छौं ।

विद्यार्थीहरुलाई Abroad Study का विषयमा राम्ररी बुझाउनु नै ठूलो कुरा हो । Abroad Study भनेको के हो ? यसका फाइदा वेफाइदा जस्ता विषयमा क्लिएर हुनु पर्दछ । कसैको लहलहैमा लागेर Abroad Study मा जानु हुन्न । आफ्नो शैक्षिक, आर्थिक क्षमता हेर्न पर्दछ ।

हामीले विद्यार्थीहरुलाई अध्ययनपूर्व Abroad Study का विषयमा विद्यार्थी, अभिभावकलाई नै जानकारी गराउछौैँ । विद्यार्थीहरुका लागि त्यस्तो खालको कुनै कानुनी बाधा अवरोधहरु छैनन् । किनकी विद्यार्थी यहाँबाट अध्ययन गर्न जानुपूर्व नै सबै कानुनी प्रक्रिया पुर्याउनुपर्ने हुन्छ ।
विद्यार्थीहरु Abroad Study मा जानुको उद्देश्य त्यहाँको विकासको गतिबारे नियालेर स्वदेशमै विकासको लहर ल्याउँन सकिन्छ भन्ने पनि हो । हामी कहाँबाट Abroad Study मा गएका विद्यार्थीले त्यहिँ सेटल भएर करिएर बनाएका पनि भने कति स्वदेशमा फर्किएर आत्मनिर्भर भएका पनि छन् । Abroad Study मा जानु भनेको पलायन हुनु हैन । उच्च शिक्षासँगै सिप र ज्ञान हासिल गर्नु हो ।

Abroad Study मा जानु पूर्व विद्यार्थीले कन्सल्टेन्सी र परामर्शदाता छनौटमा ध्यान दिनुपर्छ । कतिपय कन्सल्टेन्सीले गलत सुचना विद्यार्थीलाई दिएर लाखौं ठगेको, एउटा विश्वविद्यालय भनेर अर्कोमा पठाएको, लाखौं पैसा खाएको जस्ता कुरा आएका छन् । यस्ता कुराबाट बच्न विद्यार्थी आफैं सजग हुन जरुरी छ । कन्सल्टेन्सीको विगत, बर्तमान बुझ्न पर्छ । नेपाल सरकारबाट मान्यता पाएको नपाएको कुरा जानकारी लिनु पर्छ ।

विदेशको सिप स्वदेशमा प्रयोग गर्ने अवसर हुनुपर्छ

कमल भण्डारी, निर्देशक, मर्सी एजुकेशन

विगत लामो समयदेखि नेपालबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको पहिलो रोजाइमा अमेरिका र अष्ट्रेलिया परेका छन् । अझ भन्नुपर्दा अमेरिका भन्दा अष्ट्रेलियातर्फ विद्यार्थीहरुको गन्तव्य बढी देखिन्छ । विश्वस्तरीय शैक्षिक प्रणाली, अध्ययनसँगैको रोजगारी, पिआरको ब्यवस्था र करियर निर्माणका लागि उपर्युक्त देश भएकाले नेपाली विद्यार्थीहरु पनि अष्ट्रेलिया र अमेरिका प्रति आकर्षित छन् ।
विगत एक दशकदेखि हामीले विद्यार्थीहरुलाई यी देशहरुमा अध्ययनका लागि पठाउँदै आएका छौँ ।
हामी विद्यार्थीको शैक्षिक र आर्थिक अवस्था हेरेर नै Abroad Study का विषयमा जानकारी दिन्छौं । शैक्षिक अवस्था कमजोर विद्यार्थीले Abroad Study नगएकै राम्रो । त्यसमाथी आर्थिक अवस्था मजवुत भएन भने, पछि समस्याहरु आउन सक्छन् । कम्तीमा Abroad Study मा गएपछि नेपालबाट एक वर्षसम्म विद्यार्थीलाई खाने बस्ने लगायतका विषयमा अभिभावकले हेर्नुपर्दछ । विदेश गएको शुरुमै विद्यार्थीले पैसा कमाउने अवस्था हुन्न । त्यहाँ पार्टटाइममा मात्र काम गन पाइन्छ । हप्ताको २० घण्टा काम गरेर पैसा कमाएर नेपाल पठाउने अवस्था हुन्न ।
नेपालमा करिअर नै नभएर विद्यार्थी बाहिर गएका होइनन् । यहाँ थुप्रै अवसरहरु छन् । तर, उनीहरुमा आफू अनुकूलको वातावरण सिर्जना गर्न कठिनाई भएको हो । केहि समय बाहिरको विकासको अवस्था बुझेर स्वदेशमै केहिँ गरौँ भन्ने उद्धेश्यका साथ विद्यार्थीहरु Abroad Study मा जानुपर्दछ । यसो गर्दा भोली स्वदेशमै आएर करिएर सुरक्षित गर्न सकिन्छ ।
मुलुक २१ औँ शताब्दीतिर फड्को मारिरहेको छ । अविकसित देशहरुमा पनि विकासको गतिले तीब्र रुप लिइरहेको छ । यस कारण हामी सबैमाझ चुनौतीका पर्खालहरु छन् । त्यसको सामना गर्नु नै छ । विद्यार्थीहरु अध्ययनका लागि बाहिरिनु नै समस्याको विषय होइन । विदेशमा सिकेर आएको सिपलाई स्वदेशमा उपयोग गर्ने वतावरण सृजना गर्नु ठूलो कुरा हो ।

जापान जानका लागि भाषा राम्रो हुनुपर्छ

आरती शर्मा, एडमिसन कोअर्डीनेटर,ग्लोबल एजुकेशन कन्सल्टेन्सी

ग्लोवल एजुकेशन कन्सल्टेन्सीबाट भारत, बंगलादेश, जापान जस्ता देशहरुमा विद्यार्थीहरु उच्च शिक्षाका लागि गइरहेका छन् । विद्यार्थीहरुको अध्ययनसम्बन्धि आ–आफ्नै चासो हुन्छ । अध्ययनका लािग कोहिँ भारत, अमेरिका, बंगलादेश त कोहिँ जापान, अष्ट्रेलिया जाने गरेका छन् ।

जापानमा उच्च शिक्षा अध्धयनका लागि जान समस्या छन् । जापनिज भाषा सिक्नका लागि विद्यार्थीहरुले निकै मेहनत गर्नुपर्छ । त्यहाँको कानुन निकै संवेदशनशिल छ । प्रमाणपत्र पेश गर्दा कुनै शब्दहरु गलत हुनु हुँदैन । हुबहु मिलेको हुनुपर्छ । म्याट परीक्षा उत्तीर्ण गरेपश्चात् मात्र त्यसतर्फ अध्ययनका लागि ढोका खुल्छ । त्यसकारण जापान जाने विद्यार्थीका लागि सबैभन्दा ठूलो विषय भाषा ज्ञान नै हो । जापनिज भाषामा पोख्त भएपछि त्यहाँ अध्ययन गर्न कुनै समस्या छैन ।

जापानमा इन्फरमेसन टेक्नोलोजीसँगै इन्जिनियरिङ, होटल मेनेजमेण्ट, फेशन डिजाइनिङ जस्ता विषय अध्ययन गर्न सकिन्छ । यहाँ उच्च शिक्षा अध्ययनसँगै रोजगारीका प्रसस्त अवसर पाइन्छन् त्यसकारण उच्च शिक्षा हासिल गरेर जापानमै करियर बनाउन चाहने तथा त्यहाँ शिक्षा हासिल गरेर स्वदेशमा आफैं केहि गर्ने सोच राखेका विद्यार्थीलाई जापानको शिक्षा उत्कृष्ठ हुन्छ ।

हामीले जापान अध्ययनका लागि विद्यार्थी पठाउन सुरुवात गरेको पाँच बर्ष भयो । सेमेष्टर प्रणालीअन्र्तगत नै हामीले विद्यार्थीहरुलाई त्यसतर्फ अध्ययनका लागि पठाउँने गरेका छौँ । भारत पनि आइटी र प्राविधिक विषयका लागि राम्रो देश हो । बंगलादेशमा मेडिकल शिक्षा राम्रो छ ।
Abroad Study मा जाने विद्यार्थीले कन्सल्टेन्सी छनौटमा ध्यान दिनुपर्छ । कसैको लहलहैमा लागेर जानु हुन्न । आफ्नो विषय अनुसार उपर्युक्त परामर्शदाताबाट कलेज छनौट गर्नुपर्छ ।

विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रबृत्ति

राकेश श्रेष्ठ, निर्देशक,एसेस एजुकेशन

हामीले कोर्स र सेमेष्टर प्रणाली अनुसार नै विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराइरहेका छौं । मुख्यगरी अष्ट्रेलिया र न्युजल्याण्डतर्फ अध्ययनका लागि विद्यार्थीहरु जाने गरेका छन् । दुवै देश अध्ययनका लागि उत्तिकै महत्वपूर्ण रहेको छ । भोलिदेखि हुँदै गरेको मेगा फेयरमा यसबारेमा बृहत जानकारी गराउँने छौँ । त्यसैले यी देशको विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीले अङग्रेजी भाषा बोल्न, सुन्न र लेख्न जान्ने हुनुपर्छ । त्यहाँको कानुन सम्बन्धि पनि धेरै कुरा थाहा पाउनुपर्ने हुन्छ । विद्यार्थीहरुको क्षमताका आधारमा छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । विद्यार्थीलाई यति नै प्रतिशत छात्रवृत्ति प्रदान गरिन्छ भन्ने छैन । मुख्य कुरा उनीहरुको योग्यता र क्षमता कस्तो छ त्यसमा निर्भर रहन्छ ।
नेपालबाट उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीले व्यवस्थापन, इन्जिनियर, आइटी विषय अध्ययन गर्दा राम्रो हुन्छ । हामीबाट वर्षमा एक सयभन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् भने स्वदेश फर्केर उनीहरुले रामैै्र रोजगारी पनि पाएका छन् । केहि विद्यार्थीहरु पिआर लिएर उतै सेटल भएका पनि छन् । तर, यसो गर्नुमा स्वदेशमा राम्रो अवसर नभएर पनि हो ।
पोखरामा भइरहेको मेगा एजुकेशन फेयरले विद्यार्थीलाई Abroad Study का विविध विषयमा जान्न सहयोग पुग्छ । सबै विद्यार्थी अभिभावकलाई एक पटक सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछु ।

‘हाम्रो प्राथमिकता नै विद्यार्थीलाई सहि काउन्सलिङ गर्नु हो’

लिजा शेरचन, निर्देशक, प्याक एजुकेशन

पोखरामा भोलिदेखि हुने मेगा फेयरमा विद्यार्थीहरुले उपस्थिति जनाएर शैक्षिक विषयमा धेरै कुरा सिक्ने मौका पाउँनेछन् । मेलामा हामीले पनि उपस्थिति जनाएका छौँ । आफूले अध्ययन गर्न चाहेको देशको बारेमा बृहत जानकारी लिनका लागि फेयर उपलब्धि मुलक हुन्छ ।
अहिले Abroad Study मा जाने अधिकांश विद्यार्थीहरुको पहिलो रोजाई पर्ने दशेहरुमा अमेरिका र अष्ट्रेलिया नै रहेको छ । अमेरिका र अष्ट्रेलिया दुवै उत्कृष्ट शैक्षिक प्रणाली भएका विकसित राष्ट्रहरु हुन् । त्यहाँको हावापानी पनि नेपाली विद्यार्थी अनुकूल नै छन् । विद्यार्थीहरुले आफूले चाहेको मौसममा अध्ययनका लागि जान सक्छन् । जाडो, गर्मी जुनसुकै महिनामा अध्ययनका लागि विद्यार्थीहरु त्यहाँ जान सक्छन् भने विद्यार्थीले आफूले चाहेको विद्यालयमा भर्ना हुन पाउँछन् ।
अमेरिका र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले TOEFL र IELTS पास गरेको हुनुपर्छ । त्यसैले, विद्यार्थीहरुले अध्ययनमा जानुपूर्व के कस्तो क्षमता बनाउने ? भन्ने नै मुख्य विषय हो । हामीले विद्यार्थीहरुको क्षमताका विकास गरेर आफ्नो जिम्मेवारी सम्हालिरहेका छौँ । म आफै पनि लामो समयसम्म अमेरिकामा रहेर त्यहाँको हावापानी नियाल्ने अवसर पाएको छु । र, विद्यार्थीहरुलाई के कस्ता समस्याहरु आउँछन् भन्ने विषयसँग जानकार छु ।
नेपाली विद्यार्थीहरु आइटी, म्यानेजमेन्ट र नर्सिङ पढ्न त्यसतर्फ जाने गरेका छन् । विद्यार्थीहरुले अध्ययनमा जानुपूर्व जान्नुपर्ने अति आवश्यक कुरा काउन्सलिङ नै हो । अध्ययनसँगै त्यहाँको कानुनबारे जानकार भएन भने त्यहाँ पुगिसकेपछि अनेक समस्याहरु उत्पन्न हुन्छन् । त्यसैले हाम्रो पहिलो प्राथमिकता नै विद्यार्थीलाई सहि काउन्सलिङ गर्नु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *