केही दिन देखी बेपत्ता भएकी बालिकाको शव फेला

बैशाख १७, मोरङ । केही दिन देखी हराई रहेकी एक ६ वर्षिय बालिका मृत अवस्थामा मोरङको ग्रामथान गाउँपालिकामा भेटिएकी छिन् ।  

मृत बालिका जिनिका माझीको शव स्थानीय लोहन्द्रा खोलामा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताएका छन् । 

बालिकाको मृत्युकोबारेमा अनुसन्धान भईरहेको र शवको पोस्टमार्टम गर्नका लागि विराटनगरस्थित कोशी अस्पताल पठाईएको प्रहरीले जानकारी दिएका छन् । 

null

मोतिपुरस्थित मामा घरमा बुबा मिथुन माझीसँगै गएकी मृतक बालिका सोमबार बेलुका देखी हराई रहेकी र उनको खोजीकार्य गर्दा शव मंगलबार मामाघरबाट करिब तीन सय मिटर पूर्वउत्तरमा रहेको खोलामा फेला पारिएको प्रहरीले बताएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *