साउथह्याम्पटनलाई हराउँदै सिटी दोश्रो स्थानमा

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटीले सहज जित दर्ता गरेको छ । आइतबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई ३ – १ गोल अन्तरले पराजित गरेको हो । 

साउथह्याम्पटनको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन डेभिड सिल्भा र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले  गोल आत्मघाती उपहार पाएको थियो । साउथह्याम्पटनका जेम्स वार्ड्सले आत्मघाती गोल गर्दा पिएर्रे होज्वजेर्गले एक गोल फर्काए । 

घरेलु टोलीविरुद्ध सिटीले खेलको १० औं मिनेटमा सिल्भाको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ३७ औं मिनेटमा साउथह्याम्पटनका पिएर्रेले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

null

खेलको ४५ औं मिनेटमा वार्ड्सले आत्मघाती गोल गरेपछि सिटीले पुनः २ – १ को अग्रता बनायो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले ३ – १ को अग्रता बनायो । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा सिटीले ३ – १ को महत्वपूर्ण जित निकाल्यो ।  

यस्तै खेलको ८५ औं मिनेटमा पिएर्रेले रातो कार्ड पाएपछि खेलको अन्तिम ५ मिनेट साउथह्याम्पटन १० खेलाडीमा सिमित भएको थियो  । 

साउथह्याम्पटनमाथिको जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । र, सिटीले उपाधि होडमा आफुलाई कायमै राखेको छ ।  जितपछि सिटीले २० खेलबाट ४७ अंक जोडेको छ । 

तर, सिटी शीर्ष स्थानको लिभरपुल भन्दा अझै ७ अंकले पछि छ । लिभरपुलको ५४ अंक छ ।  पराजित साउथह्याम्पटनको १५ अंक छ ।  

अर्को खेलमा बर्नलीले वेष्ट ह्यामलाई २ – ० ले हराएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *