डर्टमुुन्डसँग एथ्लेटिको मड्रिडको लजास्पद हार

एजेन्सी। च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणका अघिल्ला दुई खेलमा जित निकालेको स्पेनिस क्लब एथ्लेटिको मड्रिड बुधबार राति भने खराब हार बेहोर्न बाध्य भएको छ । 

 

अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग ४–० ले पराजित भयो । डर्टमुण्डको जितमा राफायल गेहेइरोले दुई तथा एक्सल विट्सल र जेडन सान्चोले एक एक गोल गरे । 

null

 

पहिलो हाफमा एक गोल खाएको एथ्लेटिकोले दोस्रो हाफमा तीन गोल खायो । ३८ औँ मिनेटमा विट्सलले गोल गर्दै डर्टमुण्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । 

 

गेहेइरोले ७३ औँ तथा सान्चोले ८३ औँ मिनेटमा गोल गरे । यस्तै गेहेइरोले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एथ्लेटिको ४–० ले पराजित भयो । 

समूह ए अन्तर्गत राति नै भएको खेलमा मोनाको र क्लब ब्रगले १–१ को बराबरी खेले । ९ अंकसहित डर्टमुण्ड समूहको शीर्ष स्थानमा छ भने ६ अंकरहेको एथ्लेटिको दोस्रो स्थानमा कायम छ। 

 

यस्तै समुह डी अन्तर्गतको खेलमा एफसी पोर्टोले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो भने शाल्के र गालाटासारेले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *