प्रेसमिटमा भावुक हुँदै झरनाले भनिन्, ‘मेरी छोरी तपाईंहरुको जिम्मामा सुम्पिएकी छु’

 

चैत १४, काठमाडौँ । एक जमानामा कलिउडमा राज गरेकी नायिका झरना थापाको निर्देशनमा रहेको चलचित्र ‘ए मेरो हजुर ३’ चैत २९ गते रिलिज हुँदैछ । 

सुनिल थापाको निर्देशन रहेको चलचित्रमा अनमोल केसी र नायिका झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहेको छ । दर्शकहरुले जसरी झरनालाई जति प्रेम र हौसला दिएका थिए, छोरी सुहानालाई पनि चलचित्र प्रदर्शन हुनुअगावै त्यति नै रुचाइरहेका छन् । 

null

नरुचाउन पनि कसरी, आखिर झरनाको छोरी न परिन्, राम्री पनि उत्तिकै । हुन त झरनाको पनि चाहना त्यही छ । चलचित्र क्षेत्रमा आफूजस्तै गरी छोरी पनि स्थापित भइदिए हुन्थ्यो भन्ने छ उनलाई । चलचित्रका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा झरनाले भावुक हुँदै यही कहानी सुनाइन् । 

‘मैले आफूले हिँडेको बाटोमा छोरी सुहानालाई डोर्याउँदै ल्याएकी छु । आजदेखि मेरी छोरी तपाईंहरुको जिम्मामा सुम्पिएकी छु । मलाई विश्वास छ, तपाईंहरुले मलाई जति नै माया दिनुहुने छ । सुहानाले पनि तपाईंहरुको मन जित्ने छिन् ।’ 

सुहानाको यो डेब्यु फिल्म् हो । उनी कलिउडमा स्थापित हुन सक्छिन् या सक्दिनन् त्यो भने चलचित्र रिलिजपछि मात्रै थाहा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *