खानेपानी अभाबमा बाँच्दै आएका ७० परिवारलाई तरुण सभापति गुरुङको उदाहरणीय सहयोग

सुनसरी, ८ असार । नेपाल तरुण दल सुनसरीले २०७४ साल साउन २७ गते आएको भिषण बाढी पिडितबाट प्रभावितलाई धारा निर्माण गरीदिएको छ । सुनसरी इटहरी उपमहानगरपालिका वडा नं. १० शिबनारायण टोलबासीमा खानेपानीको हाहाकार थियो । करिब तीन वर्षदेखि खानेपानी अभाबबाट गुज्रिरहेका उक्त वडाबासीलाई तरुण दल सुनसरीले तरुण दल सुनसरी सभापति सिजन गुरुङले अटोमेटिक धारा निर्माण गरिदिएका हुन् । 

 

सफा सुनौलो नेपालसँग गुरुङले सहकार्य गरी निर्माण गरिदिएको धाराले उक्त टोलबासीलाई खानेपानीको समस्यामा ठूलो राहत पुगेको छ । ‘स्थानीय तह र विभिन्न संस्थालाई उहाँहरुले बारम्बार खानेपानी उपलब्ध गराईदिन आग्रह गरेपनि कसैले सुनेका रहेनछन् । उपमहानगरपालिका जस्तो क्षेत्रमा कोही खानेपानी जस्तो अपरिहार्य वस्तुबाट बञ्चित हुन्छ भने त्यो भन्दा लाजमर्दो केही हैन ।’ सभापति गुरुङले बताए । 

null

सफा सुनौलो नेपाल सङ्ग सहकार्य गरेर उक्त अटोमेटिक धारा निर्माण गरि शनिबार नै हस्तान्तरण गरिएको छ । आफ्नै घर आँगनमा स्वच्छ खानेपानी आएपछि उक्त टोलबासी हर्षित भएका छन् । सरकारी निकाय र खानेपानी समितिले समेत वेवास्ता गर्दा तीन वर्षदेखि खानेपानी अभाबबाट गुज्रिइरहेका स्थानीय गुरुङको सक्रियता र सहयोगले कृतज्ञ बनेका छन् । धारा हस्तान्तरण कार्यक्रममा पुगेका तरुण सभापति गुरुङलाई स्थानीयले धन्यवाद समेत दिए । 

 

उक्त धाराबाट टोलका करिब ७० घरपरिवारलाई शुद्ध पिउने पानीको ब्यवस्था भएको स्थानिय राजकुमार गुरुङले बताए । सफा सुनौलो नेपालका अध्यक्ष राकेश हमालले उक्त निर्मित धारा स्थानीय जनतालाई हस्तान्तरण गरेका थिए । उनले कार्यक्रममा बोल्दै बाढी पिडितहरुको पिउने पानीको समस्या समाधान गर्न सफा सुनौलो नेपाल संस्था सफल भएकोमा आफुलाइ गर्व लागेको अध्यक्ष हमालले बताए । 

यस्तो सामाजिक कार्यमा सफा सुनौलो नेपाल सङ्ग सहकार्य गर्ने सिजन गुरुङ्ग्को सामाजिक योगदानको कदर गर्दै जनताको प्रत्यक्ष सरोकारको विषयमा सहकार्य गर्न पाएको तथा यसबाट ७० घर परिवार लाभावित हुनु सकारात्मक कुरो भएको अध्यक्ष हमालले जिकिर गरे । करिब ३ लाखको लागतमा तयार उक्त आयोजनाले बाढी पिडितहरुको प्रत्यक्ष जिविकाको स्रोत शुद्ध पिउने पानीको व्यवस्थापन गर्न पाउनु आफ्नो लागि हर्षको विषय भएको नेता सिजन गुरुङले बताए । 

‘हुन त यो काम स्थानीय तह र राज्यको हो तर, स्थानीय निकायलाई जनताका आधारभूत आवश्यक्ता पुरा गर्ने फुर्सद कहाँ छ र, मलाई थोरै भएपनि यो समाजका लागि केहि गर्न पाउँदा गर्व लागेको छ । आगामी दिनमा पनि यस्ता कार्यमा लाग्ने प्रेरणा मिलेको छ ।’ गुरुङले भने । 

स्मरणीय छ नेपाल तरुण दल सुनसरीले ०७४ सालमा आएको भिषण बाढिबाट प्रभावित परिवारको राहतको लागि २९ दिन सम्म निरन्तर खाद्यान्न, लत्ताकपडा, स्वास्थ शिबिर, अस्थायी घर टहरा र सौचालय निर्माणमा समेत उल्लेख्य काम गरेको थियो । देशभरका तरुणहरु बाढिपिडितलाई सहयोग गर्न जुटिरहँदा सुनसरी तरुणले उत्कृष्ठ काम गरेको थियो । 

 

उक्त समयमा बाढी पिडितहरुलाई तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि लगायत राहत लिएर पुगेका सिजनले इटहरी ३ सुनौलो टोलमा १० वटा बाथरुम सहितको सौचालय निर्माण तथा पिडितहरुलाई आवश्यक सरसहयोग गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *