वीपी प्रतिष्ठानमा सुरक्षा गार्ड र विरामीको आफन्तबीच कुटाकुट

मंसिर २३, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा मृतकका आफन्त र सुरक्षा गार्डबीच कुटाकुट भएको छ । 

गाडीले दुवै खुट्टा किचेर सुनसरीको प्रकाशपुरबाट उपचार गर्न ल्याइएका करिब ८५ बर्षीय वृद्ध लिलाबहादुर काफलेको उपचारको क्रममा मृत्यु भएको बिषयमा विवाद हुँदा आफन्त र गार्डबीच कुटाकुट भएको हो । 

आईतबार दिउसो करिब २ घण्टासम्म प्रतिष्ठानको आकस्मिक कक्ष तनाव ग्रस्त भएको थियो । उपचारमा लापरवाही भएर मृत्यु भएको भन्दै चिकित्सक प्रति विरामीका आफन्तले आक्रोश पोखिरहँदा केटिएम सेक्युरिटीका गार्डहरुले दुव्र्यवहार र धम्की दिएको मृतकका आफन्तजनहरुले आरोप लगाएका छन् । 

null

मृतकका आफन्त मोहन खड्काका अनुसार बुबाको निधन भएपछि छोरा रोईरहदा गार्डहरुले जर्बजस्ती तानेर बाहिर निकाल्ने क्रममा र मृृतकको तस्बिर खिच्दा गार्डले हस्पक्षेप गरेपछि तनाव उत्पन्न भएकोे हो ।‘बुबाको मृत्यु भएपछि रोइरहेको छोरालाई जर्बजस्ती तानेर बाहिर लगेर गार्डले नै दुब्र्यहार गरे ।’ उनले भने ।दुवै खुट्टा गाडीले किचेको कारण अत्याधिक रक्तस्राव भइरहँदा इमरजेन्सीमा रहेका चिकित्सकले कुनै तदारुकता नदेखाएको, उपचारमा हेलचेक्राइ गर्दा बुबाको मृत्यु भएको छोरा बिक्रम काफलेको आरोप छ । 

प्रत्यक्षदर्शी इन्द्र बिष्टका अनुसार गार्ड र मृतकका आफन्तबीच पटक पटक इर्मजेन्सी भित्रै दोहोरो झडप भएको थियो ।सेक्युरिटी गार्डहरु आएर विरामीको आफन्तलाई दुव्र्यवहार र धम्की दिएको उनको भनाई छ । 

केटिएम सेक्युरिटी इञ्चार्ज पवन खड्काले भने मृतकका आफन्तजनले डाक्टर, नर्समाथि हातपात गर्न खोज्दा गार्डहरुले सुरक्षा दिने क्रममा अप्रिय घटना हुन पुगेको स्वीकार गरेका छन् । 

‘गार्डहरुले नरोकेको भए डाक्टरमाथि कुटपिट हुन्थ्यो, हामीले रोक्यौं । डाक्टरलाई कुट्न नपाएपछि सबै गार्डमाथि जाइ लागे ।’ खडकाले भने–‘गार्डहरुले विरामीका आफन्तलाई कुटपिट गरेको होइन, भिडलाई निकाल्न खोजेको हो ।’ उनले भने ।  

प्रतिष्ठानका अस्पतालका सहायक निर्देशक डा.विकास साहले घटनाबारे सोमबार (भोली) प्रशासनले आवश्यक छलफल गर्ने बताएका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *