सर्पको डसाईबाट ५४ वर्षिय महिला गम्भिर घाइते
मकालु खबर
२०७६ असार १८ गते
असार १७, सिमकोट । हुम्लामा सर्पको टोकाईबाट एक ५४ वर्षिय महिला गम्भिर घाईते भएकी छिन् ।
हुम्लाको सिमकोट गाउँपालिका–३ तुम्पोतकी ५४ वर्षीया रिक्जीन लामालाइ खेतमा काम गरिरहेकाे अवस्थामा खुट्टामा सर्पले टोकेपछि उनी गम्भिर घाईते भएकाे वडाअध्यक्ष ताक्ला जिक्मेत लामाले जानकारी दिएको छ ।
null
सर्पले टोकेपछि उनलाई तत्काल अस्पताल भर्ना गरिता पनी अस्पतालमा एएसभिएस औषधि नभएपछी नेपालगञ्जको भेरी अस्पतालमा उनलाइ रिफर गरिएको अस्पतालका डाक्टर दुर्गा सुर्खालीले जानकारी दिए ।
मकालु खबर
२०७६ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित