गावहालमा रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्नेको भिड्
बैशाख २६, काठमाडौँ । नेवार समुदायले मान्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबार पुल्चोकबाट सूरु भएर आज ललितपुरको गावहाल ल्याईएको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रालाई नेवार समुदायका मानिसहरुले वर्षा र सहकालका देवता भनि पुज्ने गर्दछन् । रथयात्रा गावहाल ल्याएसँगै त्यहाँ अहिले यस रथयात्रालाई हेर्ने भक्तालुको अत्याधिक मात्रामा भिड्भाड बढेको छ ।
null
नेवार समुदायमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको आठौं दिनसम्म घरघरबाट रातो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुने, बिभिन्न भोज भतेर गरी आफन्तबिच नजिकिने, हर्ष उल्लास बाड्ने यस समुदायकाे परम्परा रहेको छ ।
नेवारी समूदायले रातो मच्छिन्द्रनाथको रथमा पूजाआजा, भजर्नर्कीतन गरी आफ्ना चेलीबेटीहरुलाई सोही ठाउँमा दक्षिणा दिने गर्दछन् । रथयात्रा आजै मंगलबजार हुँदै सुन्धारा लगिनुकाे साथै सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल पुर्याइनेछ ।