नेपाली क्रिकेटकाे आधिकारीक निकाय चाडै : पारस खड्का

साउन १६, काठमाडौं – विवादका कारण आइसीसीको निलम्बनमा परेको नेपाली क्रिकेटको आधिकारीक निकाय आसन्न एभरेष्ट प्रिमियर लिग अघि देख्न चाहेको कप्तान पारस खडकाले बताएका छन ।

इपीएलको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै पारसले इपिएल आउन अझै चार पाँच महिना बाँकी छ । त्यस अघि नेपाल क्रिकेट संघ होस् या अन्य नेपाली क्रिकेटको आधिकारिक संस्था हेर्न मन लागेको बताए ।

इपीएल आफैमा एउटा ठूलो प्रतियोगिता भएकाले यस्ता किसिमका प्रतियोगिताहरु आयोजना गर्दा आधिकारिक निकाय नै नहुनु दु:खको कुरा भएको उनले बताए । देशकै ठूलो पुरस्कार राशीको इपीएलको दोस्रो संस्करणको विजेताले २१ लाख रुपैयाँ पाउनेछ । यस अघि राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको एक दिवसीय प्रतियोगिताको पुरस्कार राशी २० लाख रुपैयाँ थियो ।

नेपाली क्रिकेट प्लेयर्स एशोसियसनका महासचिव समेत रहेका पारसले इपीएलमा सिप्यानले खेलाडीहरुको सेवा सुविधामा विशेष ध्यान दिने बताए । खेलाडीले कसरी राम्रो पारिश्रमिक पाउन सक्छन्, उनीहरुको मेडिकल बिमा तथा सहभागिता सुनिश्चताका लागि सिप्यानले आफ्नो भुमिका खेल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *