प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने, चोलेन्द्रविरुद्धका उजुरीमाथि आज छलफल

 

पुस १२, काठमाडौँ । प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले अवकास हुन ६ दिन बाँकी रहँदा आजबाट मुद्दा नहेर्ने भएका छन् । 

उमेर हदका हिसाबले प्रधानन्यायाधीश मिश्र पुस १७ देखि सेवानिवृत्त हुँदैछन् । अवकासको पूर्वसन्ध्यामा विवादमुक्त रहन मिश्रले मुद्दा नहेर्ने भनेको सर्वोच्च स्रोतले बतायो । 

null

दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि प्रधानन्यायाधीशमा नियुक्त भएका मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्ने छन्। उनले मुद्दा नहेर्ने भएपछि शुक्रबार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ। 

नयाँ प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा सिफारिस भइसकेका छन् । संसदीय सुनुवाई विशेष समितिमा उनीविरुद्ध परेका उजुरीमाथि आज छलफल हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *