आज चट्याङ्सहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान
चैत ७, काठमाडौं । आज देशका पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेपनि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि भने पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
null
चैत्र ०७ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्ह पछि पहाडी भू-भागका १-२ स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।
चैत्र ०८ गते (शनिबार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भू-भागका थोेेरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०९ गते (आइतबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी पहाडी भू-भागका थोेरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी पहाडी भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।