लन्डन डर्बी: चेल्सी आर्सनलसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनलसँग २–० को हार बेहोरेको हो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको लन्डन डर्बीको खेलमा घरेलु टोलीलई जिताउन एलेक्ससान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरे । 

आर्सनलले दुवै गोल पहिलो हाफमा गर्न सफल हुदा खेलमा दवावमा परेपनि आर्सनलले अग्रता जोगाइराख्न सफल भयो । 

खेलको १४औं मिनेटमा एलेक्ससान्दे्र लाकाजेट्टीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । उनले हेक्टर बर्लिनको पासमा गोल गरेका थिए । 

null

३९औं मिनेटमा लोरेन्टले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । उनले सोक्रेट्सको पासलाई सदुपयोग गरेका थिए । खेलमा २–० ले पछि परेपछि चेल्सीले आर्सनललाई दवावमा राखेपनि गोल गर्न भने असमर्थ रह्यो । हारसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो । 

चेल्सीमाथिको जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । आर्सनलको २३ खेलबाट ४४ अंक पुगेको छ । हारपछि पनि चेल्सी ४७ अंक जोडेर चौथो स्थानमा यथावत छ । ६० अंक जोडेर लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ । ५३ अंकसहित म्यानचेस्टर सिटी दोस्रो तथा ४८ अंक जोडेर टोटेनहम तेस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *