सरकारको कामप्रति जनता उत्साहित छन्, खुशी छन्: सुवासचन्द्र नेम्वाङ

 

बैशाख १६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले सरकारी जग्गा अतिक्रमण गर्न नदिने बताएका छन् । 

सोमबार संघीय संसदको बजेट अधिवेशनकाे पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उपनेता नेम्वाङले सरकारी जग्गा अतिक्रमण हुन नदिने बताएका हुन् । 

null

नेम्वाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह र पुर्वाग्रहबाट माथि उठ्न पनि आह्वान गर्दै भने, ‘सबै प्रकारका आग्रह र पूर्वाग्रहबाट माथि उठेर जनतालाई परिणाम देखाउने गरि काम गर्नका लागि निरंकुशता विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा उभिनुपर्छ । सत्तापक्षले प्रतिपक्षलाई सधैँ सम्मान गर्छ । प्रतिपक्षले पनि साही अनुसारको भूमिका निर्वाह गरिदिनुस् ।’ 

बालुवाटारको जग्गा प्रकरणबारे बोल्दै उनले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता पनि जनाए । 

उनले प्रतिपक्षका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गर्दै जनता निराश नभइ खुशी भएको दाबी गरे । ‘अब राजनीतिक अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था छैन। जनता निराश होइन, जनता खुशी छन्, उत्साहित छन्।’, उनले भने ।  

जनतालाई अधिकार सम्पन्न गराई समृद्ध नेपाल र सुखी नेपालीलाई व्यवहारमा प्राप्त गराउने मुख्य जिम्मेवारीमा सरकार रहेको भन्दै उनले यस्तो अवस्थामा जनता निराश छन् भन्न नमिल्ने तर्क पनि गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *