क्रिकेट खेलको समाचार लेखन सम्बन्धि प्रशिक्षण 

फागुन १९, चितवन । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले चितवन जिल्ला क्रिकेट संँघसंगको संयुक्त आयोजनामा जिल्लामा क्रियाशील खेल पत्रकारलाई क्रिकेट खेलको समाचार संँकलन तथा लेखन सम्बन्धमा प्रशिक्षण प्रदान गरेको छ । 

नारायणगढमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशील ३० जना पत्रकार सहभागी थिए । उनीहरु लाई मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्य, महासचिव प्रकाश तिमल्सिना, तालिम तथा प्रशिक्षण विभाग प्रमुख पवन आचार्य र मञ्चका पूर्व उपाध्यक्ष क्रिकेटविज्ञ विनोद पाण्डेले क्रिकेटका प्राविधिक पक्ष तथा समाचार लेख्ने शैली सिकाएका थिए । 

मञ्चका अध्यक्ष विनोदबाबु रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष राजु गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *