बम बिस्फोट हुँदा इरानमा तीन व्यक्तिको मृत्यु

मंसिर २०, तेहरान । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था (इर्ना) ले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । 

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सिमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *