विराटनगरमा संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाइयो

 

असार ६, विराटनगर । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक सहित प्रेस स्वतन्त्रता विरोधी कानुन खारेज गर्न माग गर्दै विराटनगरमा संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको छ । 

नेपाल पत्रकार महासंघ मोरङमा आवद्ध पत्रकारहरु वीरेन्द्र सभागृहमा भेला भएर त्यहाँबाट निस्केको र्यालीले सिडियो कार्यालय मोरङ पुगेर संकलन गरिएको हस्ताक्षर बुझाइएको हो । 

null

मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेललगायतका सहभागीहरुले प्रमुख जिल्ला अधिकारी रमेश केसीलाई संकलित हस्ताक्षर बुझाएको हो । सरकारले बैशाख २६ गते संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको विश्लेषण गर्दै आन्दोलित भएका पत्रकारहरुले त्यसयता दुई चरणको आन्दोलनको कार्यक्रम गरिसकेका छन् ।  

महासंघको केन्द्रीय सर्कुलर अनुसार तेश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मिडिया काउन्सील विधेयक फिर्ता लिन तथा प्रेस स्वतन्त्रता विरोधी कानुनहरु खारेज गर्न हस्ताक्षर संकलन गरी शुक्रबार बुझाइएको महासंघले जनाएको छ । संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी केसीले प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *