एन आई सी बैंककाे चौथोे त्रैमासिक वित्तीय विवरणका परिसूचक उत्साहजनक

 साउन ३१, काठमाडाैँ ।  एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण श्रावन ३१ मा  सार्वजनिक गरेको छ । 

 उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म कुल आम्दानी वार्षिक विन्दुगत आधारमा ७७ प्रतिशत अर्थात् रु ४ अर्ब १५ करोडले वृद्धि गरी रु ९ अर्ब ५१ करोड आर्जन गर्न सफल भएको छ । 

सोही अवधिमा बैंकले खुद ब्याज आय ६५ प्रतिशत अर्थात् रु.२ अर्ब ७५ करोडले वृद्धि भई रु.६ अर्ब ६९ करोड आर्जन गर्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सञ्चालन मुनाफामा वार्षिक विन्दुगत आधारमा १३९ प्रतिशत अर्थात् रु.२ अर्ब ६६ करोडले वृद्धि गरी रु.४ अर्ब ५८ करोड आर्जन गर्न सफल भएको छ ।  

Image result for एन आई सी बैंक

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १२९ प्रतिशत अर्थात् रु. १ अर्ब ७२ करोडको वृद्धि सहित रु. ३ अर्ब ५ करोड आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. १ अर्ब ३३ करोड रहेको थियो ।   

बैंकले यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २७ प्रतिशत अर्थात् रु. ४६ अर्ब ७६ करोडको वृद्धिसहित वासलातको आकार रु. २१७ अर्ब ७० करोड पुर्याउन सफल भएको छ । 

 जस अन्तर्गत कुल कर्जातर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा २५ प्रतिशत अर्थात् रु. २९ अर्ब ५४ करोडको वृद्धिसहित रु. १५० अर्ब तथा निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत अर्थात् रु. २९ अर्ब ३६ करोडको वृद्धिसहित रु.१८० अर्ब ५८ करोड पुर्याउन सफल भएको छ । 

यसरी कर्जा प्रवाहमा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहन सफल भएको छ भने निक्षेप संकलनतर्फ सम्पूर्ण नीजि स्तरका वाणिज्य बैंकहरुमध्ये शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १०८   

प्रतिशतले वृद्धि भई रु. ३४.५६ तथा स्वपूँजीमा प्रतिफल १०८ प्रतिशतले वृद्धि गरी २५.१६ प्रतिशत कायम भएको छ । 

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *