शुद्ध खानेपानीको पर्खाइमा शिवराजवासी

कपिलवस्तु, १६ साउन । ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका लागि अझैसम्म पनि सफा खानेपानीको व्यवस्था हुन सकेको छैन ।

नगरपालिकाभित्रका ११ वटा वडामा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बाध्य हुँदापनि नगरपालिकाले खानेपानीको लागि कुनै पहल नगरेको स्थानीयबासी मोहम्मद खाँनले गुनासो गर्नुभयो ।

खानेपानी संस्थानको शाखा कार्यालयले चन्द्रौटामा कहिलेकाँही सफा पानी वितरण गरेपनि प्राय आर्सेनिकयुक्त पानी वितरण गरेको स्थानीयवासी रामविलास थारुले बताउनुभयो । नगर प्रमुख नेत्रराज अधिकारिले अब नगरवासीका लागि शुद्ध खानेपानी पिलाउन पहल भइसकेको जानकारी दिनुभयो ।

नयाँ योजना ठेकेदारले समयमै पूरा गर्न नसकेको र पुराना पाइपमा फोहोर जम्मा भएका कारण यस्तो समस्या स्थानीयवासीले भोग्नु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तौफिक खाँनले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *