दुहवीमा समुदाय प्रहरी पालिका स्तरको समिति गठन

दुहवी, कार्तिक १९ । सुनसरीको दुहवीमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी र स्थानिय तहविच पालिका स्तरको ३२ सदस्य समिति गठन भएको छ । 

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको संयोजकत्वमा सह संयोजकहरु दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल (साह) इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामनारायण माझी रहँनु भएको छ । सदस्यहरुमा सामुदायिक संघ संस्थाका प्रमुखहरु, नागरिक समाज, आमा तथा महिला समुह, विद्यालय सम्बन्धित संघ संस्थाहरु, अभिभावक सम्बन्धित संघ संस्थाहरु, समाजसेवी, संचारक्रर्मी लगायतहरु रहेका छन । 

 

null

गृहमन्त्रालयले सामुदायिक सुरक्षा अभिवृद्धिका लागि देशभर जिल्ला, पालिका र वडा स्तर सम्मै समिति गठन गर्नु परेको इप्रका दुहवीका प्रनि रामनारायण माझीले बताउनु बताए । दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगरको विकास र समृद्धिकोलागि समुदाय प्रहरी साझेदारीलाई प्राथमिकता दिएर अघि बढेमात्र शान्ति सुरक्षाको अवस्था सुदृढ हुने बताए । कार्यक्रमका सहभागी भएकाहरुले समुदाय प्रहरी साझेदारीले शान्ति सुरक्षाको अवस्था बलियो हुँने र समुदायसँग प्रहरीको सम्बन्धपनि बलियो हुँने विश्वास व्यक्त गरेका थिए । यस्ता कार्यक्रमले प्रहरी समुदाय, सामाजिक संस्था बिच अन्तर सम्बन्ध विकास गरिने र सामाजिक अपराधमा कमी आउने अपेक्षा गरिएको छ । 

गृहमन्त्रालयले अपराध रोकथाम, सामाजिक बिकृति बिगति बिरुद्ध जनचेतना फैलाउन, सुरक्षा व्यवस्थापनमा सहयोग अभिवृद्धि गरी सामुदायिक सुरक्षा अभिवृद्धिका लागि देशभर कार्यक्रम सञ्चालन गरेको छ । 

नेपाल प्रहरी र समुदाय बिच सुमधुर सम्वन्ध स्थापित गरी समाजमा शान्ती सुरक्षा अमन चैन तथा सर्वसाधरण समेतमा चेतनाको अभिवृद्धी गरी कार्य सम्पादन गर्ने प्रहरीको अवधारणा अनुरुप हालै मात्र नेपाल प्रहरीले देशव्यापी रुपमा स्थानिय तह सँग सहकार्य गरी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समपन्न गरेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *