मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
मकालु खबर
२०७५ पुस १० गते
पुस १०, काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।
आज बिहान बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौँ फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको मृत्यु भएको प्रहरी प्रधानकार्यालय काठमाडौँले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल मित्रपार्कमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
मकालु खबर
२०७५ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित