नोबेलद्वारा प्रायोजित बिराट एक्स्पो सम्पन्न, साढे तीन लाखले अवलोकन गर्दा एक अर्बको कारोबार

फागनु १२, विराटनगर । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा सञ्चालित बिराट एक्स्पो सम्पन्न भएको छ । एक अर्ब वरावरको आर्थिक कारोवार गर्दै एक्स्पो सम्पन्न भएको हो । ९ दिनसम्म सञ्चालित प्रदर्शनीलाई करिव ३ लाख ५० हजारले अवलोकन गरेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । 

एक्स्पो समापनका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सर्वसाधारणको उल्लेख्य उपस्थितीले एक्स्पोको सफलता पुष्टि गरेको धारणा राखे । उनले आगामी बर्ष एक्स्पो सञ्चालनका लागि प्रदर्शनी स्थल निर्माणमा सहयोग गर्न सरकार तयार रहेको आश्वासन पनि दिए । 

सो अवसरमा बोल्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिराट एक्स्पो मुलुककै उत्कृष्ट भएको दावी गरेका छन् । कार्यक्रममा उद्योग संगठनका अध्यक्ष भीम घिमिरे र बिराट व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बिराटनगरमा प्रदर्शनी स्थल नहुँदा समस्या बेहोर्नु परेको गुनासो गर्दै प्र्रदर्शनी स्थल निर्माणका लागि सरकारसमक्ष माग गरे । 

एक्स्पोका संयोजक भोलेश्वर दुलालले अपेक्षा गरे बमोजिमनै प्रदर्शनीमा सर्वसाधरणको उल्लेख्य उपस्थिती र कारोवार हुँदा उत्साहित भएको बताए । एक्स्पो सफल बनाउँन सहयोग पुर्याउँने बिभिन्न संघसस्था र व्यक्तिलाई कार्यक्रममा सम्मान गरिएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भएको प्रदर्शनीमा ४० विदेशीसहित ३ सय ४० स्टल राखिएको थियो । 

https://youtu.be/pPBYQ6FG3qo 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *