तीन दिनको मौसमः हल्का वर्षा देखि हिमपातसम्म हुने

माघ १४, काठमाडौं । पश्चिमी वायुको चापले आगामी तीन दिनको मौसम सामान्य देखि आंशिक बदली रहेको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।   

महाशाखाका अनुसार अहिले नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य देखि पुर्ण बदली तथा पूर्वी र मध्य भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको देखिन्छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान   

null

माघ १४ गते (मंगलबार) 

आज दिउसो देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ  ।  पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भु–भागका १ –२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । 

राती देशको पश्चिमी र मध्य भू–भागमा सामान्य बदली तथा पूर्वी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथा पूर्वी भु–भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । 

पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा र पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ । 

माघ १५ गते (बुधबार) 

दिउँसो देशभर सामान्य बदली  रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भु–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना छ भने, पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ । 

राती देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थानहरु र पूर्वी भु–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ । 

माघ १६ गते (बिहीबार) 

दिउँसो देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकि भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू–भागका थोरै स्थानहरु र पश्चिमी भु–भागका १ –२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु–भागमा हल्का हिमपातको संभावना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *